राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका कार्यसमिति र नुवाकोट जिल्ला सचिवालय संयोजकद्वारा अपाङ्ग सेवा केन्द्रलाई राहत तथा भोजन वितरण गरेको छ ।
काठमाण्डौं । राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका कार्यसमिति र नुवाकोट जिल्ला सचिवालय संयोजकद्वारा अपाङ्ग सेवा केन्द्रलाई राहत तथा भोजन वितरण गरेको छ ।
संघले केन्द्रलाई सहयोग होस् भन्ने उद्देश्यले केहि राहत र एक दिने भोजन गराएको हो । वितरण कार्यक्रममा उपस्थित भएका अतिथिहरु,आयोजक टिमले त्यहाँ रहेका विभिन्न कारण अपाङ्ग भएका र विभिन्न थरीका अपाङ्गहरुसँग छलफल गरी सँगै भोजन गरेका थिए । कार्यक्रममा अपाङ्ग सेवा केन्द्रले आगामी दिनमा पनि यस्तै साथ र सहयोगको आपेक्ष राखेको कार्यक्रम संयोजक छिरिङ तामाङले बताए ।
वितरण समारोहमा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको निबर्तमान अध्यक्ष राम हरि भण्डारी, संघ बागमती प्रदेशका निबर्तमान महासचिव मान बहादुर तामाङ, राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङसहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।