भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ ।
काठमाण्डौं । भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ ।
शनिबार ओडिसा राज्यको कयौँ स्थानमा भिषण वर्षासँगै परेको चट्याङले विभिन्न ६ जिल्लाका १० जनाको मृत्यु भएको समाचार संस्था पीटीआईले जनाएको छ ।
खबरअनुसार खोरधा जिल्लामा चार र बलांगिर जिल्लामा दुई जनाको मृत्यु भयो । यस्तै अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।