आजदेखि स्थानीय सर्वसाधारणका लागि तातोपानी नाकामा खुलेको छ ।
काठमाण्डौं । आजदेखि स्थानीय सर्वसाधारणका लागि तातोपानी नाकामा खुलेको छ ।
चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडओ) रमेश न्यौपानेले जानकारी दिए । दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउने सिडिओ न्यौपानेका बताए । नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ।
जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति दिएको हुन्छ । तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने सिडिओ न्यौपानेले जानकारी दिए।
२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन।