सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्।
काठमाडौं । सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्।
उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का र शिक्षामन्त्री अशोक राईसँग भएको प्याब्सन प्रतिनिधिको छलफलमा सहमति भएपछि निजी विद्यालय सञ्चालकको आन्दोलन फिर्ता भएको थियो। मन्त्रिपरिषद्बाट पास भएर संसदमा दर्ता हुन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरु उत्रिएका थिए। निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको थप घोषणा गरेपछि सरकारले प्याब्सनका प्रतिनिधिलाई छलफलमा बोलाएको हो । सरकार सरोकारवालाको पक्षमा लचक बन्ने भएसँगै निजी विद्यालय सञ्चालकहरुले तत्काललाई आन्दोलन फिर्ता लिएको जनाएको छ।