केही दिन देखि मुलुकभर भइरहेको वर्षाको क्रम रोकिँदै गएको छ । मुलुकभर वर्षा गराइरहेको मनसुन न्यून चापीय रेखा पछिल्लो समय दक्षिणतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र जसको कारण अब मनसुनी गतिविधि देशभर कम सक्रिय भइरहेको छ ।
काठमाडौं । केही दिन देखि मुलुकभर भइरहेको वर्षाको क्रम रोकिँदै गएको छ । मुलुकभर वर्षा गराइरहेको मनसुन न्यून चापीय रेखा पछिल्लो समय दक्षिणतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र जसको कारण अब मनसुनी गतिविधि देशभर कम सक्रिय भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको बुलेटिन अनुसार, आज दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ । राति पनि केही स्थानमा भारी र देशभर सामान्य वर्षा हुने स्थिति देखिएको छ ।
त्यस्तै शुक्रबार देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। दिउँसो देशको मध्य क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने महाशाखाले जनाएको छ । शुक्रबार राति देशको पुर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।
देशका विभिन्न भागमा अहिलेपनि वर्षा भइरहेको कारण नदी आशपासका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।