कञ्चनपुर । कञ्चनपुरमा आफ्नै बाबुले छोरी बलात्कार गरेका छन् । पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेर आमालाई बताएपछि घटना सार्वजनिक भएको हो ।
कञ्चनपुर । कञ्चनपुरमा आफ्नै बाबुले छोरी बलात्कार गरेका छन् ।पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।
मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले मोबाइलमा देखेर आमालाई बताएपछि घटना सार्वजनिक भएको हो ।
घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।
छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ ।
घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कारवाहीको प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्याल कञ्चनपुरले जनाएको छ ।