आज राजधानीबाट प्रकाशित फरक फरक पत्रपत्रिकाहरुमा विभिन्न विषयवस्तु समेटिएछापिएका छन् ।
आज राजधानीबाट प्रकाशित फरक फरक पत्रपत्रिकाहरुमा विभिन्न विषयवस्तु समेटिएछापिएका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकले असारे विकासबारे कलम चलाएको छ । आर्थिक वर्ष सकिनै लाग्दा सरकारको दैनिक विकास खर्च अत्याधिक बढ्दै गएको उल्ल्लेख गर्दै ‘पैसा सक्न चटारो’ शीर्षकमा मुख्य समाचार छापेको छ । महालेखा नियन्त्रक कार्यालयले असार १५ पछि दैनिक एक अर्ब रुपैयाँ हाराहारीमा खर्च हुँदै आएकोमा मंगलबार र बुधबार दैनिक पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ ।
आजको नागरिक दैनिकमा विषादी परीक्षणविना तरकारी तथा फलफुल आयात नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई पहिलो पृष्ठमा समेटेको छ भने हिजो भोजपुरमा भएको विप्लव र प्रहरीबीचको गोली हानाहान बारे पनि समाचार छापेको छ ।
यो समाचार आजको कान्तिपुरमा पनि छ । कान्तिपुरले ‘सँगै चियापान, अनि गोली हानाहान’ शीर्षक दिएर भोजपुर घटनाबारे मुख्य समाचार छापेको छ । कान्तिपुर लेख्छ–सँगै चियापान गरिरहेका नीरकुमार राई पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीव राईले नीरकुमारको पाखुरा समाते । गफ गरौं । अरु साथी आउँदै छन् । दुवैबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए । त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द्र समूहका कार्यकर्ताले गोली प्रहार गरे । त्यति नै बेला घटनास्थल आइपुगेको हतियारधारी प्रहरीले पनि गोली प्रहार गरे ।’
नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी भर्ना र पठनपाठनमा भद्रगोल देखिएको विषयलाई केन्द्रीत गरेर प्रमुख समाचार छापेको छ । समाचारमा त्रिविमा स्नातक तहको पहिलो वर्षमा काुनन शिक्षा अध्ययन गर्नेहरुको संख्या १० हजार ८ सय ६८ पुगेको भएपनि अब कति संख्यामा भर्ना गर्ने भन्ने अन्यौलता देखिएको उल्लेख छ । नेपाल ल क्याम्पसमा प्राध्यापक, कक्षाकोठा, डेस्क, बेन्च र अन्य सुविधा उस्तै रहेको तर एक विद्यार्थीको ठाउँमा ३६ विद्यार्थी भर्ना गरिएको समाचारमा विश्लेषण छ ।
कारोबार दैनिकमा ट्रक व्यवसायीको आन्दा्लनबारे समाचार छापिएको छ । भ्याट र ट्रयाकिङविरुद्ध ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । साउनबाट ग्यारेजमै मालवाहक ट्रक थन्काइने व्यवसायीहरुले चेतावनीदिएका छन् । बुटवल गोखपुर प्रसारण लाइनमा अलमल भएको समाचार पनि आजको कारोबारमा मुख्य बनाएर छापिएको छ ।