प्रहरी प्रभाग भैंसेपाटीको हिरासतमा रहेको तीन जना थुनुवा गएराति फरार भएका छन् । डाँका र लागुऔषधका मुद्धाको ति थुनुवाले ग्रिल तोडेर भागेको मेट्रो प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे।
काठमाडौं । प्रहरी प्रभाग भैंसेपाटीको हिरासतमा रहेको तीन जना थुनुवा गएराति फरार भएका छन् ।
डाँका र लागुऔषधका मुद्धाको ति थुनुवाले ग्रिल तोडेर भागेको मेट्रो प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे। फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको नाम खुलाइएको छैन ।