भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी(२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेको छ ।
काठमाडौं । भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी(२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेको छ ।
उसले नेपाल टी-२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्ध गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो ।
सेभेन थ्रीले एकतर्फीरुपमा भंग गरेको हो । नेपाल टी २० लिगको क्रममा स्पट फिक्सिङ प्रकरणमा सेभेन थ्रीको संलग्नता रहेको सीआईबीको प्रतिवेदनले देखाएको छ । सेभेन थ्रीका मालिक जतिन अहलुवालियाले क्यानलाई मंगलबार पत्र पठाएको पुष्टी गरे ।