काठमाडौंको संसद् भवन अगाडी मंगल दिउँसो एक्कासी एक युवकले आँफैलाई आगो लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिरिएलगत्तै इलामका प्रेमप्रसाद आचार्यले आफैलाई आगो लगाए । प्रहरीले समयमै आगो निभाएर उपचारका लागि किर्तिपुर अस्पताल पुर्याएपनि उनको अवस्था गम्भीर छ ।
काठमाडौं । काठमाडौंको संसद् भवन अगाडी मंगल दिउँसो एक्कासी एक युवकले आँफैलाई आगो लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिरिएलगत्तै इलामका प्रेमप्रसाद आचार्यले आफैलाई आगो लगाए । प्रहरीले समयमै आगो निभाएर उपचारका लागि किर्तिपुर अस्पताल पुर्याएपनि उनको अवस्था गम्भीर छ । शरीरका धेरै भाग जलेको अस्पतालले जनाएको छ ।
आत्मदाह गर्नु अघि उनले फेसबुकमा लामो आत्मला लेखेको खुलासा भएको छ । आफ्नो असफलताको कथादेखि देशको अवस्था र प्रशासनले आफूलाई दिएको दुखको कथा उनले फेसबुकमा लेखेका छन् ।
आचार्यले आफू ऋणबाट थिचिएको भन्दै लेखेका छन्, ‘बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरे । मलाई माफ गर्नुहोला । कोही मनकारिरसहृदयी जनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् ।’
उनले आफू बुबाको पृतिक सम्पत्तिबाट पनि बेदखल भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, 'मेरा परिवार, आफन्त, साथिभाइ, इष्टमित्र, गाउलेजनहरु११ मलाइ माफ गर्नुहोला। घर तथा पैतृक सम्पत्तिमा मेरो हक खोसिएको छ, अहिले समस्यामा छु, ऋणमा छु, दिलाइद्नुहोस भन्दा हजुरहरुले सुन्नुभएन, कानुनी रुपमा म पैतृक सम्पतिको हकवाला रहिन, किनभने म ७ कक्षामा पड्दा खेरी, नाबालक अवस्थामै बुवाको धेरै जग्गा जमिन भएकाले हदबन्दी जोगाउन मलाइ छुट्टै परिवार कायम गरेर अंस भर्पाइ गराइ थोरै जग्गा अंसपास गरिदिनुभएको थियो। हाम्रो देशको कानुन अनुसार दुई पटक पैतृक सम्पतिमा अंस पाइन्दैनरहक लाग्दैन। मैले धेरैलाइरआफन्तलाइ म समस्यामा छु, कानुनी रुपमा तल परेको छु, समाधान पनि छ, सहयोग गर्दिनुहोस, म बाच्न चाहान्छु भनी याचना गरे सहयोग गर्नुभएन।'
राजनीति मार्फत सदन सरकारमा गएर दुखेको ठाउँमा मल्हम लगाउछु भन्ने सपना देखे राजनीतिमा पनि लागे, तर रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार जीले महत्वाकांक्षी युवाको भावना सँग खेलबाड गरेको उनको गुनासो छ ।
हे्नुस् उनकाे स्टाटसः