नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका छन् । मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका छन् । मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।