प्रहरीका अनुसार उनको नाम झाओ चुन्ली हो। सोमवारका घटनाका सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन्।
एजेन्सी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सोमबार फेरि गोलीकाण्ड भएको छ । सोमवार भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ । सोमवारका आक्रमणहरू समुद्री तटमा अवस्थित हाफ मुन बे सहरका दुई भिन्न स्थानमा भएका थिए।
आक्रमणकारी सोही सहरमा बस्ने ६७ वर्षे पुरुष भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको नाम झाओ चुन्ली हो। सोमवारका घटनाका सन्दिग्ध आक्रमणकारी दुई घण्टापछि आफैँ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गएको दृश्य सञ्चारमाध्यमहरूले खिचेका छन्।
यसअघि शनिबार पनि गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरु १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको संख्या ११ पुगेको समाचारमा जनाइएको छ ।
अमेरिका शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।
शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो । तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए ।