काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेको बताएका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको उनको विश्लेषण छ । शुक्रबार समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा ओलीले सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले भने,‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’
काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेको बताएका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको उनको विश्लेषण छ ।
शुक्रबार समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा ओलीले सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले भने,‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’ ओलीले सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको बताए । उनले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’ उनले मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गरेको भन्दै सिंगो काडमाण्डौ उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी रहेको बताएका छन् ।
त्यस्तै कतिपयले नेकपा फुट्छ कि भन्ने सपना देख्दा माया लाग्ने गरेको प्रधानमन्त्री ओलीले सुनाए । ओलीले भने,‘ कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो’। यदि कसैलाई फुटाउन सकिन्छ कि भन्ने लागेको छ भने प्रयास गर्न चुनौती समेत दिए ।
ओलीले आईफा अवार्डलाई लिएर भएको आलोचना प्रति पनि असन्तुष्टि जनाएका छन् । २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको उनको दाबी छ । उनले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।’ सरकार सम्झौता पूर्व सौदाबाजीमा रहेकै बेला ‘लौ सर्वनाश हुने भो’ भनेर संसदीय समितिमार्फत अनधिकृत निर्देशन दिन लगाइएको समेत उनले आरोप लगाए ।