रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडाैं । रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट सय मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।