चीन ।जनमुक्ति सेना (पीएलए) का राष्ट्रिय रक्षा विश्वविद्यालय र चिनियाँ अन्तरिक्ष विज्ञान तथा प्राविधिक कर्पोरेसनले संयुक्त रूपमा पश्चिम उत्तर चीनको गान्सु प्रान्तको झांग्येमा उक्त विमानको परिक्षण गरिएको थियो ।
चीन । चीनले भर्खरै मात्र शक्तिशाली मानवरहित ड्रोन विमानको सफल परिक्षण गरेको छ ।
चिनियाँ सेनाले ५ सय किलोग्रामभन्दा बढी तौल बोक्न सक्षम मानवरहित मालवाहक विमानको सफल परिक्षण गरेको हो ।
जनमुक्ति सेना (पीएलए) का राष्ट्रिय रक्षा विश्वविद्यालय र चिनियाँ अन्तरिक्ष विज्ञान तथा प्राविधिक कर्पोरेसनले संयुक्त रूपमा पश्चिम उत्तर चीनको गान्सु प्रान्तको झांग्येमा उक्त विमानको परिक्षण गरिएको थियो ।
जसलाई चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले प्रसारण समेत गरेको थियो । विमानको डिजाइन सम्बन्धमा कुनै जानकारी बाहिर सार्वजनिक गरिएको छैन तर उक्त विमानले सफलतापूर्वक सैन्य सामाग्री एक स्थानबाट निर्धारित स्थानमा पु¥याउन सक्नेछ ।
यस सफल परीक्षणले अब चीन युद्ध क्षेत्रमा पनि प्यारासुटको माध्यमबाट सैन्य उपकरण तथा सामाग्री सजिलै आपुर्ति गर्न सक्षम भएको बताइएको छ ।
चीनले पहिलो पटक मानवरहित विमानबाट ५ सय किलोमिटरभन्दा लामो उडान भरी ५ सय किलोग्रामभन्दा धेरै तौलका सामान निर्धारित स्थानमा प्यारासुटका माध्यमबाट पुर्याउन सक्ने बताएको छ ।
सेनाको राष्ट्रिय रक्षा विश्वविद्यालयको संयुक्त लजिस्टिक्स अकादमीका अध्यक्ष ली रुइसिंगले युद्दका क्रममा सैन्य सामाग्री पु¥याउन र रणनीतिक तथा सामरिक रूपले महत्वपूर्ण स्थानमा बन्दोबस्तीका सामान पु¥याउन नयाँ पारवहनको तरिका खोजिरहेकाको बताएका छन् ।