मुंबई । बलिउड स्टार वरुण धवनको आगामि फिल्म ‘स्ट्रीट डांसर ३ डी’ को रिलिज मिति सरेको छ । वरुण धवन र उनकी गर्लफ्रेण्ड नताशा दलालको विवाहका कारण फिल्मको रिलिज मिति सारिएको हो ।
मुंबई । बलिउड स्टार वरुण धवनको आगामि फिल्म ‘स्ट्रीट डांसर ३ डी’ को रिलिज मिति सरेको छ । वरुण धवन र उनकी गर्लफ्रेण्ड नताशा दलालको विवाहका कारण फिल्मको रिलिज मिति सारिएको हो ।
यस फिल्म पहिले नोभेम्बर ८ मा रिलिज हुने बताइएको थियो । तर अब जनावरी २४ मा रिलिज हुने भएको छ । फिल्ममा वरुण सँग श्रद्धा कपुर मुख्य भुमिकामा रहेकी छिन् । सुचनाका अनुसार वरुण धवनले फिल्म डायरेक्टर रेमो डिसुजालाई फिल्मको रिलिज मिति सार्न आग्रह गरेको थियो । कारण डसेम्बरमा उनको र नताशाको विवाह बताएका थिए ।
यद्यपी वरुणको विवाहको बारेमा हालसम्म कुनै औपचारिक घोषणा भने भएको छैन । तर वरुणले करण जौहरको टक शो मा आफु नताशा को साथमा रहेको बताएका थिए । साथै उनले नताशाले आफुलाई हरेक कुरामा साथ दिने समेत बताए । तपाई थाहा छ की, वरुण र नताशा स्कुल देखिकै साथी हुन् । तर त्यतिबेला उनीहरु बिच कुनै रिलेसन थिएन ।
अहिले बलिउडमा वरुण र नताशाको विवाहलाई लिएर निक्कै चर्चा भैरहेको छ । तर अहिले सम्म यस खबरको कुनै पुष्टि भएको छैन । जेहोस् जब सम्म दुई जनाको विवाहको खबर सार्वजनिक हुदैन , तबसम्म उनको विवाह र फिल्म दुबैको प्रतिक्षा रहिरहने छ ।