उत्तर कोरया । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
उत्तर कोरया । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
कोरियन न्यूज एजेन्सी (केसीएनए) का अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले लेखेको चिठीलाई किम जोङले ‘गजब’को बताउँदै प्रशंसा गरेको र त्यसमा गम्भीर भएर सोचविचार र छलफल गर्ने समेत बताएका छन् । उत्तर कोरियाली नेता किमले चिठीको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको ‘असाधारण साहस’ को तारिफ पनि गरेका छन् । यद्दपि ट्रम्पले पठाएको चिठी किमले कहिले र कसरी प्राप्त गरे भन्ने विषयमा केही बताइएको छैन ।
जुन महिनाको सुरुमा नै अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा सुन्दर चिठी उत्तर कोरियाली नेता किमलाई पठाइएको बताएका थिए ।
गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुन पुगेको हो । तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणुनिरस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनः सुरु हुन सक्ने आशा बढेको छ ।
उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गरोस् भन्ने अमेरिकाको चाहना छ । प्योङ्याङ चाहिँ आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने अडानमा छ । केही समययता ट्रम्पले किमबारे राम्रा टिप्पणी गरेका छन्।
मे महिनामा जापान भ्रमणका बेला ट्रम्पले किम ‘एकदमै चलाख व्यक्ति’ भएको बताउँदै उनले उत्तर कोरियाबाट ‘धेरै राम्रा कुराहरू निस्कने’ अपेक्षा गरेको बताएका थिए ।