मानिसकै हर्कतले यो पृथ्वीमा अन्य जीवजन्तु बोटविरुवासमेतको भविष्य अन्यौल बनाइदिएको छ । कतिपय जन्तु जनावर अबैध चोरी शिकारी कै कारण लोभ भइसकेका छन् भने कतिपय संकटापन्न अवस्थामा छन् ।
काठमाडौं । यो पृथ्वी सबैको साझा हो । यो मानिस मात्रको सम्पत्ति होइन । यो सय करोडौं जीवहरुको बासस्थल हो । यसमा जति मानिसको हक लाग्छ उत्ति नै बराबर अन्य जीवजन्तु बोटविरुवा सबैको लाग्छ । किनकी यो ब्रमाण्डमा अहिलेसम्म प्रमाणित तथ्य अनुसार यो नै जीव जनावरको लागि उपयुक्त बासस्थान हो ।
तर विवेकशील प्राणी मानिएको मानिसले पृथ्वीका साझा हिस्सेदार अन्य जैविक तत्वमाथि आफ्नो रवाफ देखाउने गर्छ । आफू नै सर्वश्रेष्ठ मानेर अन्य माथि शासन गर्ने प्रवृति छ । मानिसकै हर्कतले यो पृथ्वीमा अन्य जीवजन्तु बोटविरुवासमेतको भविष्य अन्यौल बनाइदिएको छ । कतिपय जन्तु जनावर अबैध चोरी शिकारी कै कारण लोभ भइसकेका छन् भने कतिपय संकटापन्न अवस्थामा छन् ।
आज विश्व वातावरण दिवस । वातावरण भनेको हाम्रो वरपर रहेको जैविक तथा अजैविक तत्वहरुको संगम हो । तर यो संगममा मानिसले ठुलो भुमिका खेलेका छन् । वातावरणीय सन्तुलन बिगारिएको मुख्य कारण मानवीय कार्यले नै हो । यो पृथ्वी हामी सबैको साझा हो । यसमा सबै अटाउनु पर्छ । यतिमात्र होइन यो पृथ्वीलाई हाम्रा भावी पुस्ताको लागि समेत जोहो गरेर राख्नु अहिलेको मुख्य चु्नौती हो ।
भविष्यकाे चिन्ता नगर्नेलाइ त वाल भएन तर पृथ्वीको खस्कदो अवस्थाले भविष्यकाे चासाे राख्नेहरूलाई भने चिन्ता परेको छ । हाम्रा भावी सन्ततिले अहिलेकै अवस्थामा पृथ्वीमा बस्न पाउलान् कि अझ दुख-कष्ट पाउलान् भन्ने पीरले मानिसहरु अब पृथ्वी जोगाउन लागि परेका छन् । हिजोका दिनमा वातावरणको दोहन गरेकै कारण आज मानिसले अनेकौं दुख पाएका छन् । त्यसैले विगतका गल्ती सच्याउँदै हाम्रो साझा घर पृथ्वीको संरक्षण गर्नु सबैको दायित्व हो।
यस वर्ष विश्व वातावरण दिवसको नारा ‘एक मात्र धर्ती’ लाई अगाडि सारिएको छ। यो एकमात्र पृथ्वीमा हजारौं करोडों जीवजन्तुलाई अटाएर अबको पुस्ताको लागिसमेत संरक्षण गरेर राख्नु आजको मुख्य चुनौती हो । विकासको नाममा आएको विनाशले धर्तीलाई नाश गर्दै छ । नेपालकै सन्दर्भमा भन्नुपर्दा यहाँका डाँडापाखाभरि राक्षसरुपी डोजर आतंक छ । घर घरमा सडक पुर्याउने नाममा वनजंगल मासिएका छन्। जैविक विविधता नाश भएका छन् ।पारिस्थितिक प्रणालीमा घडबड भएको छ । आधुनिकिकरण र शहरीकरणको नाममा प्लटिङ गरेर डाँडा सम्मै बनाइएको छ । यस्ले अस्वाभिक बाढीपहिरोको सामना त गर्नुपरेको छ नै बर्षेनी ठुलो धनजनको क्षति समेत भएको छ ।
आज विश्व वातावरण दिवस मनाइहँदा आफूले यो पृथ्वीमाथी कति अन्याय गरेको छु भन्ने समिक्ष गर्नु जरुरी छ । र अबका दिनमा यसलाई आफ्नोमात्र होइन सबै प्राणी जगत्कै साझा बासस्थान मानी वातावरणको गम्भीरतालाई मनन् गर्दै कार्ययोजना बनाएर अगाडी बढ्ने मति सबैमा आओस् । यो साझा पृथ्वीमा सबैले बाच्न पाऊन् । वातावरण दिवसको शुभकामना ।