नयाँ दिल्ली । ऋतिक रोशन र कंगना रनौतबीचको विवाद चर्चित नै रहेको छ । निकै अघिदेखि चलिरहेको यो झगडा चाँडै रोकिने छाँटकाँट छैन ।हालै रितिककी बहिनी सुनैनाले आफ्नो परिवारलाई विभिन्न आरोप लगाउँदै सोसल मिडियामा विभिन्न पोष्टमार्फत् उनको परिवारमा सबैकुरा ठिकठाक नभएको बताएकी थिइन् ।
नयाँ दिल्ली । ऋतिक रोशन र कंगना रनौतबीचको विवाद चर्चित नै रहेको छ । निकै अघिदेखि चलिरहेको यो झगडा चाँडै रोकिने छाँटकाँट छैन ।
हालै रितिककी बहिनी सुनैनाले आफ्नो परिवारलाई विभिन्न आरोप लगाउँदै सोसल मिडियामा विभिन्न पोष्टमार्फत् उनको परिवारमा सबैकुरा ठिकठाक नभएको बताएकी थिइन् ।
कंगनाकी बहिनी रंगोलीले सुनैनाको परिवारले उनलाई क्षती पुर्याउन चाहेको पनि आरोप लगाएकी छिन् ।
ऋतिककी पूर्व पत्नी सुजैन खानले आफ्नो इन्स्टाग्राममा एउटा पोष्ट लेखेर ऋतिक र रोशन परिवारको समर्थनमा उत्रिएकी छिन् ।
उनले मेरो अनुभवको आधारमा र मेरो जीवनको एउटा हिस्सा यो परिवारको निकै नजिक भएको नाताले सुनैनालाई निकै प्यारी, केयरिङ व्यक्तिको रुपमा चिन्दछु जो एक दुर्भाग्यपूर्ण स्थितीमा रहेको उनले बताएकी छिन् ।
उनले अप्ठ्यारो स्थितीमा परिवारलाई साथ र सम्मान गर्न पनि सुनैनालाई सुझाव दिएकी छिन् ।