ललितपुर । शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् ।
ललितपुर । शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् ।
एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् ।
पुनः प्रशोधन हुने पत्रिका, कागज, अण्डाको क्रेट, कागजका झोला, ट्वाइलेट पेपरभित्रको गोलो कागज, मञ्जनको खोल, निमन्त्रणा कार्ड, पानीको जार, फेसवास क्रिम र स्याम्पुका डब्बा, पोलिथिन झोला, बाल्टिन, दूधका प्याकेट, रेगुलेटर, स्टिलका भाँडा, तेल, बियर र अन्य मदिराको बोतल, प्रिन्टर, मोबाइल आदिलाई पाँच भागमा वर्गीकरण गरी सङ्कलन गरिएको डोको रिसाइक्लर्सका प्रमुख अर्पण आचार्यले जानकारी दिए ।
उपत्यकामा बढ्दै गएको शहरीकरण, फोहर व्यवस्थापन गर्ने स्थानको अभाव र कुहिने तथा नकुहिने फोहर एकै स्थानमा व्यवस्थापन गर्ने बाध्यता हटाई वैज्ञानिक तरिकाले नयाँ स्वरुप दिन लागिपरेको आचार्यले बताए ।
मुख्य कार्यालय भक्तपुरको सानोठिमीमा रहेको उक्त संस्थाले सङ्कलन गरेको पुनः प्रशोधन हुने फोहर त्यहाँ लगी नयाँ रुप दिनाका साथै उचित मूल्यमा बिक्री–वितरण गर्दै आएका छन् ।
डोकाले शहरी क्षेत्रका जनतालाई घरघरबाटै फोहर सङ्कलन र व्यवस्थापनको समस्या समाधानमा सहयोग गरिरहेको छ । चक्रपथ बाहिरको दुई किलोमिटर पर सम्मका घरबाट पनि यस संस्थाले पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्ने गरेको प्रमुख आचार्यले बताए ।
पुराना सामानलाई काँटछाँट गरी सिङ्गारेर नौलो रुप दिनु डोकोको विशेषता बनिसकेको छ । यस कार्यबाट उपत्यकाका फोहर मोहरका रुपमा परिवर्तन भइरहेका छन् ।