नुवाकोट । त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई हराउँदै नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।
नुवाकोट । त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई हराउँदै नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।
जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । एकपक्षीय बनेको खेलमा आर्मीले पुलिसमाथि २५–१८, २५–२१ र २५–९ को सहज जित निकाल्यो । तेस्रो स्थान हात पारेसँगै आर्मीले ४० हजार रुपैया प्राप्त गरेको छ । फाइनल खेलमा आर्मीकी मनिषा ठकुरी खेलको वुमन अफ दि म्याच घोषित भइन् । उनले १ हजार रुपैया पाइन् ।
आजै प्रतियोगिताको फाइनलमा घरेलु महिला भलिबलको दुई सशक्त टोली नेपाल एपीएफ क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीबीच प्रतिस्पर्धा हुदैछ । खेल ३ बजेपछि शुरु हुदैछ ।
जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा भएको प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ७५ हजार तथा तेस्रोले ४० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधाका स्पाइकर, सेटर, ब्लकर, लिवेरो र सर्भरले जनही ३ हजार पाउनेछन् । प्रतियोगितामा सात टोलीको सहभागिता रहेको थियो ।