बुटवल । कृषि ,पर्यटक र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिदै पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
बुटवल । कृषि ,पर्यटक र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिदै पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ ।
गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।
प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।
बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ ।