कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। उपाधि दाबेदार टिम अर्जेन्टिना कोलम्बियासँग २–० ले स्तब्ध हुन पुग्यो । एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे ।
एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ। उपाधि दाबेदार टिम अर्जेन्टिना कोलम्बियासँग २–० ले स्तब्ध हुन पुग्यो ।
एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे ।
कोलम्बियासंग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २ ० को जित दिलाए ।
अर्जेन्टिनाले भने पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड जमाएको अर्जेन्टिनाको आधा दर्जन पोस्ट आक्रमण गोलमा परिणत हुन सकेन् ।