एजेन्सी । गुगल र एप्पल कम्पनीलाई पछि पार्दै अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान् ब्राण्ड बनेको छ । वायर एण्ड प्लास्टिक प्रडक्स रिसर्च एजेन्सी कान्तारले यो वरीयता संकलन गरेको हो, जसलाई गत मंगलबार सार्वजनिक गरिएको थियो ।

अमेजनले ब्राण्डहरुको उत्कृष्ट १ सय स्थानको पहिलो नम्बरमा गुगल र एप्पलको निकै लामो समयसम्म रहेको एकाधिकार सन् २०१९ मा समाप्त गरेको छ । अमेजनको मूल्य ३१५ दशमलव ५ बिलियन अमेरिकी डलर छ, जुन सन् २०१८ को तुलनामा ५२ प्रतिशत बढी हो । अमेजनले अहिले नयाँ क्षेत्रमा आफ्नो व्यापार बढाएको छ, जुन अमेजनको मूल व्यवसायभन्दा फरक छ । यसैबाट अमेजनले राम्रो दरमा पैसा कमाउँदै आएको छ ।
डब्ल्यूपीपीका प्रमुख कार्यकारी अधिकृत डेभिड रोथले भने, ‘मलाई विश्वास लागेको थिएन कि अमेजनका संस्थापकले अर्कै व्यवसाय बनाउँछन्, जस मध्ये एक पर्यटकलाई अन्तरिक्षमा पठाउनु हो....अमेजन एक धारावाहिक अवरोधक हो ।’
अमेजनले अब क्लाउड कम्प्युटिंग र होम हार्डवेयर अर्थात अमेजन एलेक्सामा पनि नेतृत्व गरिरहेको छ । यसका अलावा बेलायतको फुड डेलिभरी कम्पनी डेलिभरी, विद्युतीय ट्रक स्टार्टअप र टेल्सा रिभल रिभान, र स्वचालित ड्राइभिङ कार कम्पनी रिभियनमा पनि अमेजनको लगानी छ । जेफ बेजोस अमेजनका कार्यकारी अधिकृत छन् ।