रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ ।
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम राईसीलाई भेट्ने कार्यक्रम तय भएको छ ।
इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने वार्ताको बीचमा यो भेट हुन लागेको क्रेमलिनले जनाएको छ । नेताहरूले “द्विपक्षीय सहयोगका मुद्दाहरूको“ बारे छलफल गर्ने मस्कोले मंगलवार सार्वजनिक गरेको हो । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार तेहरानलाई उसको आणविक कार्यक्रममा प्रतिबन्धको विषयमा छलफल भएको सन् २०१५ को सम्झौताका विषयमा पनि दुई राष्ट्रपतिबीच थप छलफल हुने जनाएको हो ।
सम्झौताका बावजूद इरानले आफ्नो आणविक गतिसिवधि कायमै राखेको अमेरिका र पश्चिमा मुलुकहरुले आरोप लगाइरहेका बेला हुन लागेको पुटिन राईसी भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ ।