कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरू सहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ ।
अल्माटी । कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरू सहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ ।
आइतवार नगर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारी अनुसार अल्माटी दंगाले आक्रान्त भएको केही दिनमा शहरका शवगृहहरूमा सातवटा आक्रमणहरू भएका थिए र दंगाकारीहरूले आफ्ना धेरै साथीहरूको शव नियन्त्रणमा लिएका थिए । इन्धनको मूल्यवृद्धिको विरोधमा देशको पश्चिम भागमा जनताले र्याली गर्दै व्यापक विरोध प्रदर्शन शुरु गरेका छन् । त्यसपछि अशान्त कजाकिस्तानको दक्षिणमा रहेको देशको पूर्व राजधानी अल्माटी लगायत अन्य क्षेत्रहरूमा उक्त अशान्ति फैलिएको थियो । अल्माटीमा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो ।
सरकारले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेको छ । त्यसैरी कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले कजाकिस्तानमा शान्ति सैनिकहरू पठाउने सामूहिक सुरक्षा सन्धि संगठनसँग मद्दतका लागि अनुरोध गरेका थिए ।