भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ । दुर्घटना न्यूनीकरणका लागि जडीबुटी मनोहरापुलदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगाती, पलासे हँुदै काभ्रे र भक्तपुरको सिमाना साँगासम्मका लागि गति निर्धारण गरिएको हो ।

प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले मङ्गलबारदेखि नै लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारवाही गरिने बताए ।
उनले भने, “आजैदेखि यो नियम लागू गरेका छाँै, आजबाट गति मापन गर्नेछौँ, शुरुमा केही दिन सवारी चालकलाई सम्झाउने छाँै, असार १ गतेदेखि भने कारवाही अगाडि बढाउने छाँै ।” प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरी मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उनको भनाइ थियो ।
सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उनले बताए । सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडार गन र एक लेजर गन ल्याएर परीक्षण गरिसकेको बताउँदै उनले यो सडकखण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने बताए । नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमतिपत्र, ‘रुट परमिट’ रद्द गर्नेदेखि यातायात सञ्चालन अनुमतिपत्रसमेत रद्द गर्न सकिने गरी कारवाही गरिने प्रधानले बताए ।
यो नियम लागू भएपछि दुर्घटना न्यूनीकरण हुनुको साथै ज्यानै जाने गरी सवारी दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले यो नियमलाई कडाइसाथ लागू गरिने बताए ।