काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कांग्रेसले आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि भएको दमनको बिरोध गर्दै उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
संविधान विपरित गुठी विधेयक किन ल्याएको र शान्तिपूर्ण दमनमा किन हस्तक्षेप गरेको भन्ने प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापाले संसदमा दिनुपर्ने कांग्रेसको माग छ । गुठीलाई समाप्त गर्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले शान्तिपूर्ण भेला हुने, विरोध जनाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको छ । गुठी विधेयकबाट पुरातन धर्म संस्कृतिमाथि नै प्रहार भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।
त्यस्तै बिहान ११ः१० बजे शुरु भएको राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
नेवा राजनीतिक अभियान तथा नेवा गुठी संघसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लाठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै सांसदहरुले राष्ट्रियसभाको बैठकमा अवरोध गरेपछि स्थगित भएको हो ।
सभामा नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्र्सना गरे । उनले विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गरे ।