काठमाडौं । नेपाल ल क्याम्पसमा अध्ययनरत नवलपरासीका संकल्प पराजुली फुर्सद मिल्नासाथ पुस्तकालय जान्छन । धेरै समय नमिले पनि हप्तामा कम्तिमा दुई पटक उनि पुस्तकालय धाउने गर्छन । पराजुली भन्छन् , ‘मलाई ज्ञानको भण्डारमा डुब्नु छ । म यसको गहिराईमा पुगेर मनलाई शान्त बनाउन चाहन्छु ।’ काठमाडौं कपनकी लुना दाहाललाई पनि नयाँ नयाँ पुस्तक पढ्न साहै्र मनपर्छ । उनी पनि नेपाल ल क्याम्पसकी बिद्यार्थी हुन् । बीए.एल.एल.बी गर्दै गरेकी उनि पनि फुर्सद हुनासाथ पुस्तकालय पुगिहाल्छिन । लुना भन्छिन,‘साथीभाइसँग घुम्नु, डुल्नुको रमाइलो आफ्नो ठाउँमा छ तर पुस्तकमा डुब्नुको मज्जा अलि धेरै लाग्छ ।’
काठमाडौं । नेपाल ल क्याम्पसमा अध्ययनरत नवलपरासीका संकल्प पराजुली फुर्सद मिल्नासाथ पुस्तकालय जान्छन । धेरै समय नमिले पनि हप्तामा कम्तिमा दुई पटक उनि पुस्तकालय धाउने गर्छन । पराजुली भन्छन् , ‘मलाई ज्ञानको भण्डारमा डुब्नु छ । म यसको गहिराईमा पुगेर मनलाई शान्त बनाउन चाहन्छु ।’
काठमाडौं कपनकी लुना दाहाललाई पनि नयाँ नयाँ पुस्तक पढ्न साहै्र मनपर्छ । उनी पनि नेपाल ल क्याम्पसकी बिद्यार्थी हुन् । बीए.एल.एल.बी गर्दै गरेकी उनि पनि फुर्सद हुनासाथ पुस्तकालय पुगिहाल्छिन । लुना भन्छिन,‘साथीभाइसँग घुम्नु, डुल्नुको रमाइलो आफ्नो ठाउँमा छ तर पुस्तकमा डुब्नुको मज्जा अलि धेरै लाग्छ ।’
केही समय यता पढन संस्कृति हराउँदै गएको भनेर चिन्ता व्यक्त गरिदै गर्दा संकल्प र लुनाको बानीले भने पढन संस्कृति अझै नहराएकोे देखाउँछ । प्रायगरी क्याम्पस पढ्ने विद्यार्थीहरु कतिपय पुस्तकालयका सदस्य जस्तै बनेका छन भने कतिपय समय मिल्लासाथ पुस्तकालयमा गएर पढने गरेका छन । तर सदस्य नै बनेर नियमित पुस्तकालय जाने बानीमा भने कमि आएको सरोकारवालाहरु बताउँछन ।
राजधानी काठमाडौंमा साना–ठूला कतिवटा सार्वजनिक पुस्तकालयहरु छन र त्यहाँ कतिको पाठक पुग्छन त्यसको विवरण नभएपनि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको सार्वजनिक पुस्तकालयमा भने पाठकको राम्रै भिड लाग्ने गरेको छ ।
कांग्रेस नेता डा. नारायण खड्काको पहलमा २०६० सालमा स्थापना भएको उपत्यका सार्वजानिक पुस्तकालयमा अहिले पाठकहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ । उक्त पुस्तकालयमा कार्यरत गोबिन्द दाहाल भन्छन, ‘आम पाठकले खोजेको पुस्तकहरु उपलब्ध भएकाले दैनिक ४ सयको हाराहारीमा पाठकहरु आउँछन् ।’
दाहालका अनुसार, करिब ७ हजार पुस्तकबाट सुरु भएको यो पुस्तकालयमा अहिले १ लाख हाराहारीमा पुस्तक रहेको छ ।
पछिल्लो समय सार्वजनिक पुस्तकालय सेवाको महत्व र आवश्यकतालाई महशुस गरी यो पुस्तकालयलाई शिक्षा मन्त्रालयले बार्षिक २० देखि ३० लाखसम्म आर्थिक अनुदान सहयोग पनि गर्ने गरेको छ ।
यो पुस्तकालयमा पाठकको माग अनुसार नियमित रुपमा पुस्तक, प्रतिवेदन तथा शैक्षिक सामाग्रीहरुको व्यवस्थापन, दैनिक अध्ययन र ई–पुस्तकालय सेवा र पुस्तक अध्ययनको लागि घर लैजाने सुविधा रहेको छ ।