सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको सोमवारको बैठकले माओवादीको सिफारीशमा घिसिङलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका रामेछापका घिसिङ शैक्षिक परामर्श व्यवसायी समेत हुन् । तत्कालीन नेकपा सरकारले नियुक्त गरेका रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो ।
बिहीवार मात्रै खेलकुदमन्त्री महेश्वरजंग गहतराजले परिषद्मा ८ जना नयाँ सदस्य नियुक्त गरेका छन् । सदस्य सचिव कार्यकारी पद भएकाले यो नियुक्ति भने मन्त्रिपरिषद् बैठकले गर्ने ब्यवस्था छ ।