नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ्य रहेका ५० वर्षीय शेर्पाको बुधबार बिहान निधन भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए । शेर्पाले आफ्नो रोगको उपचार अमेरिका, भारत र चीनमा गराएका थिए । तर, रोग निको नभएपछि पछिल्लो समय नेपालमै उपचाररत थिए ।
शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत हुन् । नेकपा एमालेनिकट अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट उदाएका शेर्पा अमृत साइन्स क्याम्पसको सभापति समेत भएका थिए ।