दुबई । दुबईमा भएको एक बस दुर्घटनामा परी १७ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएका छन् । बिहीबार बेलुकी ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इद मनाएर र्फकने क्रममा दुर्घटना भएको उक्त बसमा बिभिन्न देशका गरी जम्मा ३१ जना सवार थिए । प्रहरीका अनुसार गाइडिंग बोर्डमा बस ठोकीन पुग्दा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको रासिद अस्पतालमा उपचार भइरहेको छ भने मृतक सबैको शव पनि सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि बीबीसीको समाचारमा उल्लेख गरिएको छ ।