राजधानीबाट बिहिबार प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई प्राथमिकता दिएर छापेका छन् ।
राजधानीबाट बिहिबार प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई प्राथमिकता दिएर छापेका छन् ।
आजको कान्तिपुर दैनिकले हिजो परेको इद उलफित्रको तस्वीर पहिलो पृष्ठमा छापेको छ भने मलमा पनि बिचौलिया शिर्षकमा बिचौलियाका कारण रसायनिक मलको मूल्यले आकाश छोएको समाचारमा छ । सरकारले निर्धारण गरेकोभन्दा कयौं गुणा बढी तिरेर किसानले खरिद गरिरहेका छन् । कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयको युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् ।
त्यस्तै पत्रकारको हड्डी भाँच्न १ करोड शिर्षकमा इटहरीका मेयरद्वारिकालाल चौधरीले पत्रकारलाई धम्की दिएको समाचार प्राथमिकताको साथ पहिलो पृष्ठमा छापेको छ ।
आजको नागरिक दैनिकमा सदभावको पुल इद शिर्षकमा हिजो मुस्लिम समुदायले मनाएको इद पर्वको तस्वीर सहित समाचार छ भने, इन्डो प्यासिफिक अमेरिकी रणनिति नेपाल शक्ति राष्ट्को स्वार्थबाट जोगिनुपर्छ शिर्षक समाचार छापेको छ ,
त्यस्त्ै नेपालीहरु क्यान्सर उपचारको लागि दिल्ली धाउने गरेको समाचार पनि पहिलो पृष्ठमा छ । समाचार अनुसार, वर्षेनी नेपालीहरु क्यान्सरको उपचारको लागि दिल्लीमा करोडौं खर्च गरिरहेको छन् । भने नेकपामा केन्द्रिय सदस्यको कार्यविभाजनमा सकस परेको समाचार पनि छापेकोछ ।
संसदले हटाएको बुँदा राष्ट्रपतिबाट प्रमाणित शिर्षकमा नयाँ पत्रिका दैनिकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसदले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणिकरण गरिएको तथ्यको खुलासा गरेको छ ।
समाचार अनुसार, संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गरेको ऐनमा भेटिएको छ । तर, एउटै ऐनमा विरोधाभास हुने अलग-अलग व्यवस्था भएकाले अन्योल बढेको छ ।
समाचार अनुसार सिटिइभिटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम हटाउन डा. गोविन्द केसीले माग गर्दै आएका थिए । सरकारले सो माग सम्बोधन गर्न सम्झौता पनि गरेको थियो, तर विधेयक पारित हुँदा क्रमशः फेजआउट गर्ने वा स्तरोन्नती गर्ने उल्लेख थियो ।
ऐनको दफा १५ को उपदफा ४ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम सञ्चालन गर्ने छैन ।’ यसरी ऐनले डा. केसीको एउटा माग पूरा गरेको देखिन्छ । नेपाल इन्डो प्यासिफिक रणनितिमा तानिएको समाचार पनि नयाँ पत्रिकामा छ ।
अन्नपूर्ण पोष्ट दैनिकले बेरुजुका कागज मिलाउन देशभर गोष्ठि शिर्षकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु २० अर्ब ६२ करोड रुपैया छ । अनियमित तवरबाट गरिएका यसता बेरुजु खर्च असुल गर्न महालेखापरीक्षकको कार्यलउले बारम्बार ताकेता पनि गर्यो । तर बेरुजु फर्स्योट शीर्षकको गोष्ठीमा अर्को कम्तीमा २० लाख खर्च हुन लागेको समाचारमा उल्लेख छ । त्यसैगरी पशुपतिनाथ मन्दिरको सुन गायब शिर्षकमा २०४५ देखि २०५२ सालसम्म चढाइएको सुनको विवरण पशुपति क्षेत्र विकास कोषले बुधबार सार्वजनिक गरेको सम्पत्ती विवरणमा उल्लेख छैन ।
अन्नपूर्णको पहिलो पृष्ठमै चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन बूढीगण्डकी जलविद्युत आयोजनाबाट पछि हटेको समाचार छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको समाचारमा उल्लेख छ ।
आजको कारोबार दैनिकमा पेट्रोलको मुल्य घटेको समाचारले प्राथमिकता पाएको छ ,भने राष्ट्रबैंकले तोकेको पुँजी पुर्याउन नसकेपछि लघुवित्तहरु मर्जर हुन थालेको समाचारले पनि प्राथमिकता पाएको छ ।