बिहिबारबाट सुरु भएको विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले जित हासिल गरेको हो ।
काठमाडौं । बिहिबारबाट सुरु भएको विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्डले जित हासिल गरेको हो ।
३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे । अरु सस्तैमा समेटिए ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिए । त्यस्तै लियाम प्लुंकेट र बेन स्टोक्सले समान २–२ विकेट लिए
इंग्ल्यान्डको लागि फराकिलो रन बनाउने क्रममा चार खेलाडीले अर्धसतकीय पारी खेले । जासन रोय र जोय रुटले ५४ र ५१ रन बनाए । उता, अलराउण्डर बेन स्टोक्सले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए ।
दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे । यस्तै इमरान ताहिर र कागीसो राबाडाले समान २र२ विकेट हात पारे ।
इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने ।