काठमाण्डौ । आज अनिल अधिकारीको जन्नदिन अर्थात ‘यमबुद्ध’को जन्मदिन । यमबुद्धको जन्म आजकै दिन सन् १९८७ मे ३० मा मोरङको सलकपुरमा अम्बीका प्रसाद अधिकारीको छोराको रुपमा भएको थियो । उनको बाल्यकाल केही साल सलकपुरमा र काठमाण्डौंमा बितेको थियो । इटहरीको पाथीभार बोडीङ् स्कुलमा कक्षा ४ र ५ , अनि कामाण्डौको स्वयम्भूमा रहेको एक्सेल्सियर स्कूलमा पढी उनले त्यहीबाट एस.एल.सी. दिएका थिए । उनको कक्षा ११ र १२ को अध्ययन भने एडमार्क एकेडेमीमा भएको थियो ।

‘यमबुद्ध’ नेपाली ¥याप संगितप्रेमीहरु माझ एक अत्यन्त लोकप्रिय अनि चर्चीत नेपाली ¥यापरहरु मध्येको प्रमुख ¥यापर भन्दा सायद फरक पर्दैन । उनका गितहरुको कुरा गर्ने हो भने उनले नेपाली समाजमा भएका बेथीति र बिसंगतीका तिता यर्थातलाई गितमार्फत उतारेको पाइन्छ । उनका गितहरु साथी, फटपाथ मेरो घर, यो प्रसंगलगाएतको गितहरुमा उनले नेपाली समाजमा व्याप्त समस्याहरु गरीबि, लागुऔषध दुव्र्यसनि, यौनशोषण जस्ता कुराहरुलाई दर्साएका छन् ।
‘यमबुद्ध’ले आफ्नो करीअरमा दुईओटा एल्बमहरु निकालेका छन् । उनको एल्बमहरुको नाम एकादेश र खतरा हुन् । उनका ति एल्बमहरुमध्ये एकादेशमा १२ वटा र खतरामा ७ वटा गितहरु समावेश छन् । उनका गितहरुमध्ये साथी, यो प्रसंग,अन्त्यको सुरुवात, जुत्तामा, आउदै छु म, आवारण आदि चर्चित रहेका छन् । उनले जिवनमा नेपाल बाहेक भारत ,अस्ट्रेलिया, बेलायतलगाएतका देशहरुमा पनि आफ्नो प्रस्तुति दिएका थिए ।
यूवापुस्ताको ढुकढुकी यमबुद्ध अर्थात अनिल अधिकारी नेपालको एउटा सानो ठाउँमा जन्मि आफ्नो जिवन जिउने क्रममा बेलायतमा आफ्नी श्रीमती सँगै बस्दै आएका उनले सन् २०१७ जनवरी १४ तारिखका दिन आफ्नो जिवनको अन्तिम सास फेर्न पुगे । फ्रस्टेशनका कारण उनले शौचलयमा आफुलाई बेल्टले पासो लगाएका थिए भन्छन् भन्नेहरु । तर उनका प्रशंसकहरुले यसलाई आत्महत्या नभई नियोजित ठंगले गरिएको षड्यन्त्रका रुपमा लिने गरेका छन् । जससगंै उनको मृत्यु एक रहश्यमय घटना बन्न पुग्यो । उनले आत्महत्या गरे या हत्या भएको थियो खेर जे भएता पनि आज उनि हामि माझ छैनन् । उनले नेपाली सांगीतिक क्षेत्रमा दिएको अतुलनिय योगदानका कारण उनको शरीरले साथ छोडेता पनि उनको सम्झना सधैभरी नेपाली माझ रहिरहने छ ।
यमबुद्ध !, तिमि जहाँ भएता पनि तिम्रो आत्माले शान्ति पाओस् । सक्छौ भने एउटा काम गर, अर्को जन्ममा नेपालमै आऊ, ल ।