नेपाली चलचित्रको इतिहास मै सर्वाधिक बजेटमा निर्माण भएको चलचित्र थुप्रै चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेतले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो ।
सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
यो चलचित्र आगामी भाद्र २७ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुनेछ । चलचित्रको बजेट अत्याधिक भएका कारण पनि राम्रो मिती हेरेर चलचित्रको प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमले बताएको छ ।
नेपाली चलचित्रको इतिहास मै सर्वाधिक बजेटमा निर्माण भएको चलचित्र थुप्रै चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेतले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो ।
चलचित्रको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन् । चलचित्रमा बिक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
चलचित्रमा बलिउड नायिका सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् । अर्जु जिसी ले सम्पादन गरेको चलचित्रको पहिलो गीत जेठ २० गते रिलिज गरिने निर्माण टिमले जननकारी दिएको छ ।