एकदिवसिय विश्वकपको १२ औं संस्करण आजबाट सुरु हँदैछ । खेल इंग्ल्यान्ड र वेल्समा सुरु हुँदैछ । आजको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं। एकदिवसिय विश्वकपको १२ औं संस्करण आजदेखि बाट सुरु हँदैछ । खेल इंग्ल्यान्ड र वेल्समा सुरु हुँदैछ । आजको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । लिगपछि शीर्ष चार टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् ।
आजको खेल नेपाली समय अनुसार ३ः १५ देखि लन्डनमा चल्नेछ । यी दुवै देशले हालसम्म विश्वकप उपाधि जित्नसकेका छैनन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा नै तय गर्न सकेको छैन ।