साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार प्रतितोला चाँदी १२ सय ८५ रहेको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।