चलचित्र सिंघम र सिम्बाको चरित्र र कथा मिसाएर तेस्रो शृंखलाका रूपमा ‘सूर्यवंशी’ निर्माण गरिएको छ । यसमा अक्षयकुमार प्रहरी अधिकारीको भूमिकामा रहेको र आफू पनि द्वन्द्वप्रधान भूमिकामा भएको कैफले जानकारी गराइन् ।
मुम्बई । बलिउड नायक अक्षय कुमार र नायिका कैटरिना कैफ एक दशकपछि चलचित्र ‘सूर्यवंशीमा’ सँगै काम गर्न गर्ने भएका छन् ।
‘तिरमार खान मा काम गरेको यो एक दशकमा अक्षय कुमार धेरै नै परिवर्तन भए होलान् जस्तो लागेको थियो । तर, अहिले ‘सूर्यवंशीमा’ काम गर्दा उनलाई उस्तै पाएको कैफ ले बताएकी छन् ।
चलचित्र सिंघम र सिम्बाको चरित्र र कथा मिसाएर तेस्रो शृंखलाका रूपमा ‘सूर्यवंशी’ निर्माण गरिएको छ । यसमा अक्षयकुमार प्रहरी अधिकारीको भूमिकामा रहेको र आफू पनि द्वन्द्वप्रधान भूमिकामा भएको कैफले जानकारी गराइन् ।
लामो समयपछि अक्षयकुमारसँग काम गर्दा सुरुमा केही अप्ठ्यारो महसुस भए पनि पछि उनले नै आफूलाई सँगै काम गर्न सहज बनाएको पनि कैफले बताएकी छन् । सन् २०१० अघि कैटरिना र अक्षयकुमारले आधा दर्जन फिल्ममा सँगै अभिनय गरिसकेका थिए ।