चलचित्र आउँदो कात्तिक ८ गते दिपावलीमा देशभर प्रदर्शनमा आउनेछ । मल्टीस्टारर यस चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गर्दैछन् ।
काठमाण्डौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको प्रमुख भूमिका रहने चलचित्र ‘पोइ पर्यो काले’ को पोखराबाट छायांकन सुरु गरीएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पूजा गरेपछि चलचित्रको औपचारिक रुपमा छायांकन सुरु भएको हो ।
चलचित्र आउँदो कात्तिक ८ गते दिपावलीमा देशभर प्रदर्शनमा आउनेछ । मल्टीस्टारर यस चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गर्दैछन् । सौगातकै वरिपरि चलचित्रको मूल कथा घुम्नेछ । यसमा सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
चलचित्रलाई शिशिर राणाले निर्देशन गर्दैछन् भने कथा पनि उनी स्वयंको हो । दिपक मनाङ्गे र अ. देवि राई निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् । तारा प्रकाशको सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा रहेका छन् ।