नविन कुमार गोदा उर्फ यश स्टारर ’केजिएफ’ले बक्साफिसमा राम्रो कमाइ गरेपछी च्याप्टर २ को लागी ठुलो योजना सहित टिम अघि बढेको हो । यसैबिच चलचित्रमा अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ ।
मुम्बई । बलिउड चलचित्र ‘केजीएफ’ च्याप्टर १ को अपार सफलतापछी यसका मेकर्सले ’केजिएफ च्याप्टर २’ को निर्माण गर्ने भएका छन् ।
नविन कुमार गोदा उर्फ यश स्टारर ’केजिएफ’ले बक्साफिसमा राम्रो कमाइ गरेपछी च्याप्टर २ को लागी ठुलो योजना सहित टिम अघि बढेको हो । यसैबिच चलचित्रमा अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ ।
चलचित्रमा रवीनाले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउने भनिएको छ । ठूलो बजेटमा निर्माण हुने यस चलचित्रलाई प्रशान्त नीलले निर्देशन गरिरहेका छन् । यशको अभिनयले निकै प्रशंसा पाएको चलचित्रमा रविनासँगै सन्जय दत्तको नाम पनि बाहिरिएको । उनको भूमिका अनुबन्धित भैसकेको बारे कुनै खुलासा गरिएको छैन ।
च्याप्टर १ बाट राम्रो स्टार्डम कमाएका यशलाई फेरी च्याप्टर २ मा हेर्न उनका फ्यानहरु ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।