निर्माण भएको ८ वर्षपछि आउँदो असार १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कीर्तिपुर स् द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को पोस्टर सार्वजनिक भएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियानको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित छ ।
काठमाण्डौ । निर्माण भएको ८ वर्षपछि आउँदो असार १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कीर्तिपुर स् द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को पोस्टर सार्वजनिक भएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियानको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित छ ।
सार्वजनिक पोस्टरमार्फत् चलचित्रमा अभिनय गरेका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा अभिनेता यशराज गराच पृथ्वीनारायणको भूमिका देखिएका छन् । केही फिल्ममा काम गरेर पनि आफूलाई अभिनेताको रुपमा स्थापित गर्न नसकेका यशराज ‘कीर्तिपुर’ करिअरको टर्निङ पोइन्ट बन्नेमा विश्वस्त छन् । कीर्तिलक्ष्मीको भूमिकामा भने हिसिला महर्जन छिन् ।
‘कीर्तिपुर’ को निर्माता अनन्तकुमार श्रेष्ठ हुन् भने चलचित्र फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको हो । फिल्ममा यशराज गराच र हिसिला महर्जनका अलावा मदनदास श्रेष्ठ, शुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सुरविर पण्डित, विनेश श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । लगभग ९० प्रतिशत दृश्य एनिमेसन गरिएको ‘कीर्तिपुर’को निर्देशक भने प्रदीप खड्गी हुन् ।