यस चलचित्रमा सलमान पहिलो पटक नायिका आलिया भट्ट को साथमा देखिदैछन् । सलमान र आलिया को धेरै उमेर अन्तर रहेको छ । उमेर अन्तर कै कारण चलचित्रको कास्टिङ सुरुवातदेखि नै चर्चामा रहेको छ । धेरैले सलमान र आलियाको जोडि नमिलेको भन्दै संजय लिला भंसालीको काष्टिङमा औँला उठाएका थिए ।
मुम्बई । भारतीय चर्चित नायक सलमान खान २० वर्षको लामो समयपछि चलचित्र इंशाअल्लाह मा संजय लिला भंसाली संग काम गर्ने भएका छन् ।
यस चलचित्रमा सलमान पहिलो पटक नायिका आलिया भट्ट को साथमा देखिदैछन् । सलमान र आलिया को धेरै उमेर अन्तर रहेको छ । उमेर अन्तर कै कारण चलचित्रको कास्टिङ सुरुवातदेखि नै चर्चामा रहेको छ । धेरैले सलमान र आलियाको जोडि नमिलेको भन्दै संजय लिला भंसालीको काष्टिङमा औँला उठाएका थिए । तर निमार्ण पक्षले कथाको माग अनुसार नै सलमान र आलियालाई चलचित्रमा लिएको बताएको छ ।
चलचित्र इंशाअल्लाहमा आलिया भट्ट पहिलो पटक सलमान खान र संजय लीला भंसाली संग काम गर्दै छिन् । सलमान खानले भने यो भन्दा पहिले संजय लीला भंसाली संग मिलेर ‘हम दिल दे चुके सनम’जस्तो हिट चलचित्र दिइसकेका छन् ।