नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेसँगै पुनः आईएमईआई दर्ता गर्ने क्रम अत्याधिक भएपछि प्राधिकरणको लिंकमा समस्या आएको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेसँगै पुनः आईएमईआई दर्ता गर्ने क्रम अत्याधिक भएपछि प्राधिकरणको लिंकमा समस्या आएको छ ।
प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ । धेरै मोबाइल प्रयोगकर्तामा आपूले प्रयोग गरेको मोबाइलको आईएमआई दर्ता गनुृपर्ने हो कि भन्ने भ्रम रहेको र प्राधिकरण्मा सम्पर्क गर्ने क्रम पनि बढेको र प्राधिकरणले उपलब्ध गराएको लिंक (https://eir.nta.gov.np/main/individual) मा दर्ता गर्ने क्रम पनि अत्याधिक बृद्धि भई प्राविधिक समस्या समेत उत्पन्न भई दर्ता प्रक्रियामा नै अवरोध आएको जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरिद भई प्रयोगमा रहेका मोबाइल सेटका ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु नपर्ने जनाएको छ । यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने जनाइएको छ ।
“व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरूद्ध आईएमईआई दर्ता प्रणाली सुचारू भएपछि थप उचित समय प्रदान गरी आईएमईआई दर्ता गर्ने प्रबन्ध मिलाइने,” सूचनामा भनिएको छ ।
नेपालमा मोबाइल सेट खरिद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आईएमईआई दर्ता भएका मोबाइल सेट खरिद गर्न पनि अनुरोध गरिएको छ ।