जापानको कावासाकी सहरमा एक आक्रमणकारीद्धारा भएको हमलामा परी २ को मृत्यू हुनुका साथै १६ जना घाइते भएका छन् । बसको पर्र्खाइमा बसेका विद्यार्थीहरुमाथी भएको उक्त हमलामा मृतकमध्ये एक बालिका रहेको प्रहरीले पुष्टि गरेको छ ।
जापान । जापानको कावासाकी सहरमा एक आक्रमणकारीद्धारा भएको हमलामा परी २ को मृत्यू हुनुका साथै १६ जना घाइते भएका छन् । बसको पर्र्खाइमा बसेका विद्यार्थीहरुमाथी भएको उक्त हमलामा मृतकमध्ये एक बालिका रहेको प्रहरीले पुष्टि गरेको छ ।
उक्त आक्रमणकारीले प्रहरीद्धारा पक्राउ पर्नुभन्दा अगाडी आफ्नो घाटी काटेर आत्माहत्या गरेका थिए । आक्रमणको कारण अहिले सम्म खुल्न नसकेको र घटनास्थलबाट २ वटा छुरी बरामद भएको बताइएको छ ।
जापानलाई अत्यन्त कम हिंसा हुने देश मध्य एकको रुपमा लिने गरीन्छ तर केही समय यता जापानमा केही अपराधिक गतिबिधि हुने गरेको छ । सन् २०१६ मा मानसिक रोग चिकित्सालयमा एक पूर्व कर्मचारीले १९ जना माथि छुरा प्रहार गरेका थिए, उसले आफ्नो बयानमा मानसिक रोगको अन्त्य गर्न चाहेको बताएका थिए। त्यस्तै सन् २००८मा टोक्योमा एक व्यक्तिले मानिसहरुमाथि ट्रक चलाउदा सात जनाको मृत्यू भएको थियो ।