काठमाडौं । ०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । अनौपचारिक रुपमा मंगलबार बिहान ४ वटा खाली कन्टेनर (नेपाल–चीन) पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो । सोमबार दश वटा लोडर र कन्टेनरलाई पास दिए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले जानकारी दिए ।
काठमाडौं । ०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । अनौपचारिक रुपमा मंगलबार बिहान ४ वटा खाली कन्टेनर (नेपाल–चीन) पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो ।
सोमबार दश वटा लोडर र कन्टेनरलाई पास दिए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । चारै वटा कन्टेनर फर्कदा ऊनले भरिएर फर्कने उनले बताए ।
नेपाल चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनीको कच्ची सडकबाट खाली कन्टेनर चीनतर्फ गएका हुन । बुधबार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको शुभसंकेत दिँदै सो सामग्री राजधानी ल्याइनेछ ।