ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जना कैदीको मृत्यु भएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर टाढा सो कारागारमा आइतबार बिहान ११ बजे झडप सुरु भएको थियो ।
ब्राजिल । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जना कैदीको मृत्यु भएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर टाढा सो कारागारमा आइतबार बिहान ११ बजे झडप सुरु भएको थियो ।
कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाका अनुसार कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेका थिए भने कतिपयले चक्कु प्रयोग गरेका थिए । घटनाको अनुसन्धान शुरु भइसकेको बताइएको छ ।
ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् ।सन् २०१७ को जनवरीमा सोही कारागारमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा बेलाबेलामा समूह भिडन्त हुने गरेको छ ।