काठमाडौं । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् जस अनुसार भिन्न–भिन्न किसिमका लक्षणहरु देखा पर्ने गर्दछ । जसमा सामान्यतया हातखुट्टाको जोर्नी दुख्नु , ढाड दुख्नु तथा हात खुट्टाको हड्डी बाङ्गो हुने लगाएतका लक्षणहरु देखा पर्दछ ।
काठमाडौं । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् जस अनुसार भिन्न–भिन्न किसिमका लक्षणहरु देखा पर्ने गर्दछ । जसमा सामान्यतया हातखुट्टाको जोर्नी दुख्नु , ढाड दुख्नु तथा हात खुट्टाको हड्डी बाङ्गो हुने लगाएतका लक्षणहरु देखा पर्दछ ।
बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो । तथ्याङअनुसार हाल १०० भन्दा बढि प्रकारका बाध रोगहरु छन् । बाथ रोगको औषधि बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ । धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन् । समयमा उपचार नपाउँदा बाथरोग मृत्युको कारण पनि बन्न सक्छ ।
साधारणतया बाथरोग रोग प्रतिरोधात्कम प्रणाली (इम्युन सिस्टम) का कारण हुन्छन ्। यिनीहरुले धेरैजसो ‘अटो एन्टिबडी’ बनेर शरीरको जोर्नी लगायतका अन्य अङ्ग (जस्तैः छाला, आँखा, मस्तिष्क, मुटु, फोक्सो, मृगौला आदि) मा असर र्पुयाउँछ । अटो इम्युन रोगहरु धेरै प्रकारका हुन्छन् । हरेक रोगका आ–आफ्ना प्रकार र लक्षण हुन्छन् ।
लक्षण
बाथको लक्षण एउटा मात्र नभएर अनेक हुन्छ ।
बाथ रोगको औषधिले पनि कलेजो, किड्नीमा असर गर्छ ।
–फोक्सोमा असर गरी स्याँ–स्याँ हुन्छ ।
–किड्नी फेल हुन्छ ।
–दिमागमा असर परी छारेरोगी हुन्छ ।
–गोडा बाङ्गिएर अपाङ्ग हुन्छ ।
–हातगोडाका नलीमा रगत जमेर आंैला झर्नेसमेत हुन्छ ।
–कपाल झर्ने हुन्छ ।
–गर्भ नरहने हुन सक्छ ।
–कसैको मुख सुख्खा हुन्छ ।
–घाउ आउने हुन्छ ।
–आँखा रातो हुने, दुख्ने
रोकथाम
लक्षण देखिनेबित्तिकै चिकित्सककहाँ जानुपर्छ । हातगोडा बाङ्गिएपछि सिधा हुँदैन । त्यसैले लक्षण देखिन थाल्नासाथ सुरुको अवस्थामा नै उपचार गर्नु जरुरी छ ।
बाथरोगका औषधिहरु धेरै थरिका हुन्छन् जसलाई डिमार्ड्स भनिन्छ । यी औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द भन्ने कुरा चिकित्सकको निगरानीमा गर्नुपर्छ । बाथ रोगका औषधि ‘इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता कम गर्ने) किसिमका भएका कारण समय(समयमा यी औषधिका असरबारे जान्न रगत, पिसाब, एक्सरे लगायतका जाँच गर्नुपर्ने हुन्छ ।
बाथरोगका औषधिले रगतमा कमी ल्याउने र कलेजोमा असर पुर्याउने पनि हुन्छ । त्यसैले चिकित्सकले बोलाएको समयमा रगत जाँच गराई अनुगमनका लागि अनिवार्य रुपमा पुग्नुपर्छ ।
खाने औषधिबाहेक नशामा या छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन् । यी सुईहरु केही सातामा एकपटक र केही दुई सातामा एकपटक वा दुई महिनामा एकपटक दिनुपर्ने किसिमका हुन्छन् । खाने औषधिले रोग निको नभएमा यी सुईहरु प्रयोग गर्न सकिन्छ ।