धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको बजेट सय करोड बताइएको छ । यो भारतको महँगो चलचित्र मध्येको एक हो । निर्माता करणको यो चलचित्रमाथि निकै ठूलो भरोसा छ । चलचित्र २०२० मा प्रदर्शनमा आउनेछ ।
मुम्बई ।आलिया भट्ट, रणबीर कपूर, अमिताभ बच्चन अभिनित चलचित्र ‘ब्रह्मास्त्र’ मा साउथका सुपरस्टार नागार्जुन पनि हुने निर्माता करण जोहरले बताएका छन् ।
उनले चलचित्रमा सुपरस्टार अमिताभ बच्चनसँगै साउथका सुपरस्टार नागार्जुन पनि हुने बताएका हुन् । उनले साउथका दर्शकलाई मध्यनजर गर्दै यो फैसला लिएका हुन् ।
आयान मुखर्जीको यो चलचित्रबाट नागार्जुन १५ वर्षपछि बलिउड चलचित्रमा कमब्याक गर्न लागेका हुन् । नागार्जुन ‘ब्रह्मास्त्र’ को दोस्रो सेड्युलबाट जोडिएका हुन् । चलचित्रको पहिलो सेड्युल बुल्गारियामा भएको थियो ।
नागार्जुन र अमिताभले सन् १९९२ मा फिल्म ’खुदा गवाह’ मा एकसाथ काम गरेका थिए । अब २६ वर्षपछि दुई एकसाथ ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । आलिया र रणबीरसँग भने नागार्जुनले पहिलो पटक काम गर्न लागेका हुन् । अमिताभ र नागार्जुनले यस फिल्मको छायांकन सुरु गरिसकेको भारतीय मिडियाले जानकारी दिएका छन् । ।
धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको बजेट सय करोड बताइएको छ । यो भारतको महँगो चलचित्र मध्येको एक हो । निर्माता करणको यो चलचित्रमाथि निकै ठूलो भरोसा छ । चलचित्र २०२० मा प्रदर्शनमा आउनेछ । ‘ब्रह्मास्त्र’ एक सुपरन्याचुरल चलचित्र रहेको रणबीरले बताएका छन् ।