बुधबार राजधानीबाट बुधबार प्रकाशित विभिन्न अखबारले पाँचथरमा नौको बीभत्स हत्या शीर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा प्रकाशन गरेका छन् भने कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा चढेर नयाँ विश्व किर्तीमान बनाएको खबरले पनि सबै पत्रिकामा प्राथमिकता पाएका छन् ।
काठमाडौं । बुधबार राजधानीबाट बुधबार प्रकाशित विभिन्न अखबारले पाँचथरमा नौको बीभत्स हत्या शीर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा प्रकाशन गरेका छन् भने कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा चढेर नयाँ विश्व किर्तीमान बनाएको खबरले पनि सबै पत्रिकामा प्राथमिकता पाएका छन् ।
नागरिक दैनिकले ससुरा ज्वाइँको परिवारका नौ जनाको हत्या शिर्षकमा पाँचथरमा भएको बीभत्स हत्यामा धनराज शर्माको वंश नै मासिएको उल्लेख गरेको छ । त्यस्तै, कामिरितालाई सगरमाथा पानीपँधेरो शिर्षकमा कीर्तिमानी आरोही कामिकारीता शेर्पाले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथामा एकै सातामा दुई पटक आरोहण गरेको उल्लेख गरेको छ। पत्रिकाले बोर्डिङ छाडेर सामुदायिकमा शीर्षकको समाचार पनि प्रथम पृष्ठमै समेटिएको छ ।
नयाँ पत्रिका दैनिकले पनि पाँचथर हत्याको विषयलाई आफ्नो पहिलो पृष्ठमा मुख्य स्थान दिँदै सो हत्यापछि उठेका सात प्रश्नबारे समाचार छापेको छ । समाचार अनुसार नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे रु र सिलाइ कटाई तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ? जस्ता प्रश्नहरु उठेका छन् । यसैगरी, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार लगायतका समाचारलाई पनि पत्रिकाले प्राथमिकताका साथ समेटेको छ ।
यता कान्तिपुरले पनि पाँचथरको घटनालाई नै मुख्य समाचार बनाएको छ भने, बायाँ कर्नरको समाचारमा अमेरिकी राजदुतले सुरु गर्ने भनिएको राजदुतसँग् गफगाफ बारे परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको समाचार लेखेको छ । उता दायाँ कर्नरमा प्रदेश सरकार केन्द्रका इकाई होइनन् शिर्षकको समाचार पहिलो पृष्ठमा छ ।
आजको कारोबार दैनिकमा बजेअघि नै अत्याधिक मुल्यवृद्धि शिर्षकमा मुख्य समाचार छ भन आन्दोलनमा उत्रिए निर्माण व्यवसायी शिर्षकमा सरकारले कालोसूचीमा परेका तथा भष्ट्रचार आरोप लागेका ठेकेदरालाई सावैजानिक बोलपत्रमा सहभागी हुन नदिने गरी सावैजानिक खरिद नियमावली संसोधन गरेपछि ठेकेदारहरुका छाता संस्थाले आन्दोलित भएको खबर छापेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले पनि पाँचथर सामुहिक हत्यालाई कारुणिक नरसंहार भनेको छ भने भागेर ज्यान बचाएकि १२ वर्षिय सीता खजुकोबारेमा लेखेको छ । विवादास्पद विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेको विषयलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । छ । राष्ट्रपतिले राहदानी, मानवअधिकार आयोग र मिडिया काउन्सिल विधेयकमा चासो राखेकी हुन् ।